न्युरोड फुटपाथ विस्तारविरुद्ध दिनभरि विरोध प्रदर्शन (फोटो फिचर)
काठमाडौं : काठमाडौंको न्युरोडमा फुटपाथ विस्तारका कारण दिनभरि विरोध प्रदर्शन भएको छ। काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि व्यापारी र स्थानीहरूले विरोध गरेका हुन्। उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तार गर्न आदेश दिएपछि काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारको काम अघि बढाएको थियो।
महानगरले फुटपाथ विस्तारका लागि न्युरोडको कालोपत्र काटेपछि सडक डिभिजन काठमाडौंले आफ्नो क्षेत्राधिकार भन्दै अवरोध जनाएको थियो। महानगरले उच्च अदालत पाटनमा फुटपाथ विस्तार गर्न पाउँ भन्दै रिट दायर गरेको थियो।
आफ्नो पक्षमा फैसला आएपछि महानगरले फुटपाथको कामलाई अघि बढाएको हो। तर, व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ।