सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न निर्देशन दिएका छन्। मन्त्रालय मातहत निकायका सम्बन्धमा जानकारी लिने क्रममा उनले उक्त निर्देशन दिएका हुन्। 

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन्। 

मातहत निकायका निकायले गर्ने गतिविधि, हाल सञ्चालनमा रहेका कार्यक्रमहरू, कामहरूको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिँदै उनले आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्ने र मन्त्रालयका काम कारबाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताए। 

null

मन्त्री यादवले मन्त्रालय मातहत निकायलाई दीर्घकालीन र दिगो खानेपानी योजनाहरू विकास गर्न र कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए। मन्त्री यादवले सुरक्षित खानेपानीको महत्त्वबारे जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिए। त्यसै गरी ग्रामीण तथा दुर्गम स्थानहरूमा विशेष प्राथमिकता दिने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन्। 

उनले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउँदै कार्यहरूको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि निर्देशन दिए। 

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.