कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको समाजवादी मोर्चाको निष्कर्ष

कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको समाजवादी मोर्चाको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं : समाजवादी मोर्चाले कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेत गरेको छ।

संविधान संशोधनको एजेण्डासहित कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई पश्चगमतिर धकेल्ने निष्कर्ष मोर्चाको छ।

बैठकले समीक्षात्मक प्रतिवेदन लेखनका लागि चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा देव गुरुङ, खडगबहादुर विश्वकर्मा, प्रवेश हमाल र गंगानारायण श्रेष्ठ रहेका छन्। कार्यदलले तयार पारेको प्रतिवेदन आगामी बैठकमा पेस गरिने नेता प्रकाण्डले बताए।

'समीक्षात्मक प्रतिवेदनकै आधारमा आगामी रणनीति तयार गर्ने योजना मोर्चाको छ। हामी छिटो प्रतिवेदन तयार पारेर जनताका सामु ल्याउनेछौं,' पत्रकारहरूसँग उनले भने।

त्यस्तै बैठकले महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठलाई मोर्चामा आबद्ध गर्ने निर्णय गरेको छ। नेता प्रकाण्डका अनुसार उपेन्द्र यादव र मोहनविक्रमलाई पनि मोर्चामा ल्याउने पहल भइरहेको बताए। उनले मोर्चालाई क्रियाशिल बनाउँदै लैजाने बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.