सुझावविना पारित भएका दुई विधेयक फिर्ता
काठमाडौं : प्रतिनिधिसभामा पारित भएका दुईवटा विधेयक फिर्ता भएको छ।
राष्ट्रिय सभाको आज बसेको बैठकले सुझावविना पारित गरेकाले राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ फिर्ता गरेको हो। उक्त विधेयक प्रतिनिधिसभाबाट यही असार १६ गते पारित भएको थियो।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३२ उपनियम ८ बमोजिम दुई विधेयक फिर्ता भएका हुन्।