प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल गठन : गृहमा लेखक, अर्थमा पौडेल

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल गठन : गृहमा लेखक, अर्थमा पौडेल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल गठन गरेका छन्।  प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई  उपप्रधान एवं अर्थमन्त्रीमा नियुक्त गरेका छन्।

यसैगरी गृहमन्त्रीमा रमेश  लेखक, परराष्ट्रमा आरजु राणा देउवा,कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया,पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे,स्वास्थ्य  तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन्।

यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षामन्त्रीमा मानवीर राई,कृषिमन्त्रीमा रामनाथ अधिकारी,उद्योगमा दामोदर भण्डारी,श्रममा शरदसिंह भण्डारी,सञ्चारमा पृथ्वी सुब्बा गुरूङ,खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला मन्त्री बनेका छन्।

उर्जामा दिपक खड्का, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल , भूमिसुधारमा बलराम अधिकारी, वनमा ऐनबहादुर शाही र खेलकुदमा  तेजुलाल चौधरी नियुक्त भएका छन्। 

नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.