किसानहरूलाई आधुनिक प्रविधि हस्तान्तरण

किसानहरूलाई आधुनिक प्रविधि हस्तान्तरण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुरमा किसानहरूलाई आधुनिक उपकरण प्रदान गरिएको छ। विदुर नगरपालिकाले छनौट गरी कृषि समूह तथा सहकारीमार्फत किसानलाई ती उपकरणहरू हस्तान्तरण गरेको हो। 

विदुर नपाले सञ्चालन गरेको रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह र सहकारीमार्फत किसानहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि हस्तान्तरण गरेको हो। कम्माइन मिल आठ थान र मल्टिक्रप्स थ्रेसर आठ थान वितरण गरिएको छ। उपमेयर प्रभा बोगटीले ती सामग्रीहरू हस्तान्तरण गरिन्। 

आधुनिक कृषि सामग्री पाएकाहरूमा सुन्दरादेवी किसान समूह, गेर्खुटार कृषि सहकारी, खड्गभन्ज्याङ महिला साना किसान कृषि सहकारी, हाम्रो सहकारी संस्था, जनअपेक्षा महिला कृषि सहकारी, बच्छदादेवी बहुउद्देश्यीय सहकारी, शहीद विमला स्मृति बहुउद्देश्यीय सहकारी संस्था रहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.