रवि लामिछानेमाथि पार्टीले सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल

रवि लामिछानेमाथि पार्टीले सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए।

'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ। राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो। सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने।

उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत सावित गरेको बताए। पार्टीको भविष्य जोडिएकाले उनले पासपोर्ट प्रकरणमा पनि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए।

'रवि लामिछानेमाथि कुनै जाहेरी नपरेको कुरा सर्वोच्चले गलत सावित गरेको छ। त्यसैले पार्टीले पनि तत्काल रवि लामिछानेविरुद्ध छानबिन गर्नुपर्छ। पासपोर्टको सबालमा पनि छानबिन गर्नुपर्छ। त्यसमा कहिल्यै चुनाव लड्न नमिल्ने कुरा पार्टीसँग सम्बन्धित भएकाले पार्टीको भविष्य जोडिएको छ। पार्टीलाई जोगाउनु पनि पर्नेछ,' उनले भने।

उनले त्यो छानबिन रवि क्लबबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुपर्ने बताए। समितिमा पनि रवि क्लबबाहेक मानिसहरू राख्नुपर्ने उनले बताए। ढकालले आफ्नो निलम्बन कानुनसम्मत नभएकाले आफू अहिले पनि रास्वपाको महामन्त्रीमा कायमै भएको बताए। 'नेपालको संविधान, मूल्यमान्यता र दलसम्बन्धी ऐनअनुसार मेरो निलम्बनको प्रक्रिया मिलेको छैन। म अहिलेसम्म महामन्त्री थिएँ र छु। रवि लामिछनेको क्लबबाट मात्रै निष्कासित गरिएको हो,' उनले भने।

उनले पार्टी रवि लामिछाने क्लबमा परिणत गरेको र इलिटहरूको कब्जामा पुगेको दाबीसमेत गरेका छन्। केन्द्रीय कमिटी बैठक लाइभ गर्ने प्रस्ताव गर्दा रवि लामिछानेले सिंगो केन्द्रीय कमिटीलाई खबरदार भन्दै तर्साएको उनको आरोप छ।

आफूविरुद्ध उत्रिएर सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाएको उनको आरोप छ। 'खबरदार लाइभको पक्षमा उभिएलास् भनेर रविले सिंगो केन्द्रीय कमिटीलाई तर्साए। मैले लाइभ नगर्ने हो भने कालो टेप लगाएर बस्छु भनेको थिएँ। त्यतिबेला उनीहरूले मसँग कुरा गर्न चाहेनन्। बरु मविरुद्ध उत्रिए। म कालोटेप टाँसेको बेला सभापति र सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाए,' उनले भने। बैठक स्थगित गरेर आफूसँग वार्ता गरेको केही कुरा अर्कै हुने उनको दाबी छ। 'मैले पनि कुरा गर्न खोजेकै हो। तर, सभापतिले मसँग कुरा गर्न चाहेनन्,' उनले भने।

उनले रवि लामिछानेले कुनै कुराको पनि जिम्मा नलिने गरेको आरोप लगाए। लाइभको विषय पनि केन्द्रीय सदस्यहरूमाथि दोष थोपारिदिएको उनको आरोप छ। 'लाइभ गर्ने कुरामा मात्रै उहाँ पन्छिनुभएन। उहाँ त कुनै कुराको जिम्मा लिन चाहनुहुन्न। ग्यालेक्सीको जिम्मा सबै जीबी राईलाई थुपार्नुभयो। सरुवा बढुवा पनि आइजीले गरेको दोष लगाउनुहुन्छ,' उनले भने।

उनले जनताभन्दा ठूलो रवि लामिछाने नभएकाले आफू जनताको प्रश्नमात्रै गरेको बताए। ढकालले अर्को महिना फेरि  प्रस्ताव यात्रामा निस्किने बताए। 'आगामी महिना प्रस्ताव यात्रा गर्दैछौं। त्यसमा मैले जनतासँग सोध्नेछु। मैले के बोल्न हुन्थ्यो के बोल्न हुँदैनथ्यो,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.