माओवादी संसदीय दलको बैठक सुरू

माओवादी संसदीय दलको बैठक सुरू
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८  गते लिने विश्वासको मतका बारेमा छलफल भइरहेको बताइएको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

कांग्रेस-एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावसम्म  कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.