सिन्धुलीको गोलन्जोरका ९७ % घरमा विद्युत्

सिन्धुलीको गोलन्जोरका ९७ % घरमा विद्युत्
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ। सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङस्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ज्याङखानी, भालुभन्ज्याङ, भन्सारलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएसँगै पालिकाका ९७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको हो।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तीमा सोमबारबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा सञ्चालनमा आएसँगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत् सेवा पुगेको हो।

गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन्। अब बाँकी ३ प्रतिशत अर्थात् १ सय ३४ घरधुरीमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ। यसअघि गाउँपालिकाका दुर्गम क्षेत्रका नागरिक राष्ट्रिय प्रसारण लाइनबाट वञ्चित थिए। गाउँपालिकाले एसियाली विकास बैंक (एडीवब) सँगको सहकार्यमा गाउँपालिकाको विद्युत् सेवा नपुगेका स्थानमा चालु आर्थिक वर्षमा पोल तार, तथा ट्रान्समिटर जडान गरेर विद्युत् सेवा विस्तार गरेको हो।

‘गाउँपालिकाका बाँकी रहेको ३ प्रतिशत् अर्थात् १ सय ३४ घरधुरीमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको र ती घरहरूमा पनि आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमै विद्युत् सेवा पुर्या‍उने गरी काम भइरहेको छ,’ उनले भने।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नहुँदा सर्वसाधारण सोलार तथा टुकी बत्तीको भरमा थिए। तर गाउँपालिकाले विद्युत् लाइन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा यति छिट्टै ९७ प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको उनले थपे। उपाध्यक्ष न्यौपानेका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा १३ घरधुरी, वडा नम्बर २ मा ३२, वडा नम्बर ३ मा ४०, वडा नम्बर ४ मा १५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा २० र वडा नम्बर ७ मा ५ घरधुरीमा मात्र अब विद्युत् सेवा पुग्न बाँकी छ।

‘यी घरहरूमा पनि गाउँपालिकाले आउँदो दसैंसम्ममा विद्युत् जडान गर्नेगरी काम गरिरहेको छ। आउँदो दसैंसम्ममा पालिकालाई अँध्यारो मुक्त पालिका घोषणा गरिनेछ,’ न्यौपानेले भने।

उता गोलन्जोर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सोमप्रसाद बरालले सोमबारबाट वडाको भवानीथान, कात्तिके, कटुन्जे, भन्ज्याङखानी, भालुभन्ज्याङ, भन्सारलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि स्थानीयहरूमा खुसीयाली छाएको जनाएका छन्। अध्यक्ष बरालले विद्युत् सेवा परीक्षणमै रहेकाले स्थानीयलाई सावधानीपूर्वक विद्युत् सेवा उपयोग गर्नसमेत आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.