सुजलको ‘डिलाइट डेरी व्हाइटनर’ अब नेपालभर उपलब्ध

सुजलको ‘डिलाइट डेरी व्हाइटनर’ अब नेपालभर उपलब्ध
सुन्नुहोस्

काठमाडौं : नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रालिले बजारमा आफ्नो नयाँ उत्पादन ‘डिलाइट डेरी व्हाइटनर’ पाउडर दूध बजारमा ल्याएको हो।

देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘डिलाइट डेरी व्हाइटनर’ तयार पारिएकाले यो शत प्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ। 

अन्य पाउडर दुधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक 'अल्ट्रा ड्राईङ स्प्रे प्रविधि' ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ। आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भइ प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। ‘डिलाइट डेरी व्हाइटनर’ बाक्लो क्रिमी र स्वादिष्ट छ। 

गाई र भैंसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ। 

‘डिलाइट डेरी व्हाइटनर’ नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिगमार्ट जस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरू र अनलाइन सपिङ साइटहरूमा उपलब्ध छ। ‘डिलाइट डेरी व्हाइटनर’ दुई SKU ४०० ग्रामका लागि ४७० र ८०० ग्रामका लागि ९०० रुपैयाँ कायम गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.