अफलाइन राइडिङमा दुर्घटना हुँदा यात्रुको मृत्यु

अफलाइन राइडिङमा दुर्घटना हुँदा यात्रुको मृत्यु
सुन्नुहोस्

काठमाडौं : अफलाइन राइडिङमा यात्रु बोकेर दुर्घटना भएपछि फरार रहेका मोटरसाइकल चालक पक्राउ परेका छन्। 

यही असार १५ गते ललितपुर हात्तीबन बस्ने ३५ वर्षीय अनु गुरुङ गांगबुबाट अफलाइन राइड शेयरिङ मोटरसाइकल चढेर हात्तीबन जाँदै थिइन। चालक थिए जुम्ला चन्दननाथ ८ घर भई हाल काठमाडौ बस्दै आएका २२ वर्षीय तेज रावल। उनले चलाएको मोटरसाइकल जमलस्थित होटल यल्लो प्यागोडा अगाडिको सडकखण्डमा दुर्घटना भयो। 

मोटरसाइकल दुर्घटना हुँदा सडकमा बजारिएकी अनुलाई पछाडिबाट आएको ३२४ नम्बरको मोटरसाइकलले टाउकोमा ठक्कर दियो। उक्त मोटरसाइकल जुम्ला गुठीचौर ५ का पदम धितालले चलाएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार दुर्घटना पश्चात दुवै चालकहरू फरार भएका थिए। घाइतेलाई प्रहरी वृत्त दरवारमार्गको टोलीले उद्धार गरी ट्रमा सेन्टर पुर्‍याएको थियो। उपचारको क्रममा गम्भीर घाइते अनु गुरुङको यही असार १८ गते मृत्यु भएको थियो। 

दुर्घटना गराएर फरार रहेका उनीहरूलाई पक्राउ गर्नका लागी दरवारमार्ग वृत्तले विशेष टोली नै सञ्चालन गरेको थियो। उनीहरूलाई यही असार २१ गते गोंगबु एरियाबाट पक्राउ गरिएको छ। उनीहरू विरुद्ध सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनीहरूसँगै जुम्ला गुठीचौर ४ का २५ वर्षीय सुरेश अधिकारी पनि पक्राउ परेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.