ओलम्पिक तयारीमा सदस्यसचिवको चासो

ओलम्पिक तयारीमा सदस्यसचिवको चासो
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकको तयारी बारे चासो राखेका छन् । ओलम्पिकका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारकाले गर्नुपर्ने कामका विषयमा सदस्यसचिव घिसिङले आइतबार छलफल गरेका हुन् ।

साउन ११ गतेदेखि २७ गतेसम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने ७ जना खेलाडीमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकसँग भएको छलफलमा सदस्यसचिव घिसिङले तयारीमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका थिए । खेल सामग्री, खेल पोशाक, प्रशिक्षणको तालिकाका विषयमा सदस्यसचिवले चासो राखेका थिए ।

देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ तयारी गर्न उनले सुझाव दिएका थिए । खेलाडीले आफूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका थिए । प्रशिक्षकहरूले खेलाडीको प्रशिक्षण तालिम, खुराक, खेल सामग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।  

प्रशिक्षणमा रहेका खेलाडीहरूले बिहान–बेलुका दैनिक पाँच घण्टाभन्दा बढी प्रशिक्षण गरिरहेको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो  खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा  सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदीप खाती सहभागी थिए ।

पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडीमध्ये टेबुल टेनिसका स्यान्टु श्रेष्ठ, ब्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.