२८ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सभामुखले गराए संसद‍्मा जानकारी

२८ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सभामुखले गराए संसद‍्मा जानकारी

काठमाडौं :  सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिनेबारे संसद‍्मा जानकारी गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डबाट असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको भन्दै सो दिन प्रतिनिधिसभा बैठक आह्वान गरेको सांसदहरूलाई जानकारी गराएका हुन्।

' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते शुक्रबारका दिन  प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधिसभा नियमावलीको २०७९ को नियम १५५ को उपनियम ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको  विश्वासको मत लिने व्यहोराको माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु, 'उनले भने।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सहमतिअनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्नेछन्।

सहमतिअनुसार संसदको बाँकी समय पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।

अशोक राई नेतृत्वको जसपा पनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन्। तर उनले विश्वासको मत पाउने संभावना भने छैन। 

हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ।

माओवादी केन्द्रसँग ३२ सीट छ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सीट छ भने एकीकृत समाजवादीसँग १० सीट छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४,जनता समाजवादी पार्टीसँग ७,जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी, नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सीट छ।

त्यसबाहेक नेपाल मजदुर किसान पार्टी,राष्‍ट्रिय जनमोर्चा,आम जनता पार्टीसँग एक-एक र दुई स्वतन्त्र सांसद छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.