‘हाम्रो माया घर’ निर्माणका लागि स्थानीयले दिए सवा करोडको जग्गा

‘हाम्रो माया घर’ निर्माणका लागि स्थानीयले दिए सवा करोडको जग्गा

बर्दिबास : सडक मानव आश्रय स्थल ‘हाम्रो माया घर’ निर्माणका लागि महोत्तरीको बर्दिबासमा शिव पुराण महायज्ञ आयोजना हुने भएको छ। साउन २१ गतेदेखि २९ सम्म महायज्ञ आयोजन हुने छ। भवन निर्माणका लागि बर्दिबासका स्थानीयले सवा करोड मूल्य पर्ने साढे पाँच कठ्ठा जग्गा दान गरेका छन्।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा देवी थापाको उपस्थितिमा मंगलबार शिव पुराण महायज्ञ मूल समितिले पत्रकार सम्मेलनको आयोजना गरेर हाम्रो माया घर निर्माण बारे जानकारी दिएको छ। महायज्ञमा प्रख्यात कथावाचक राधिका दासीले महायज्ञमा कथा वाचन गर्ने बताइएको छ।

महायज्ञबाट संकलित रकमबाट सडक बालबालिका र मानिसहरूका लागि आश्रम निर्माण गरिने छ। शिव पुराण महायज्ञ मूल समितिका अध्यक्ष हीरा गौतमका अनुसार सडक मानवलाई  संरक्षण दिने उद्देश्यले हाम्रो माया घर निर्माण गरिने छ। 

‘हाम्रो माया घरमा अनाथ बालबालिका तथा सडक मानिसहरूको पालन पोषण, शिक्षा दिक्षा, अभिभावकत्व प्रदान गरिने छ’, मुल समितिका अध्यक्ष गौतमले भने, ‘महायज्ञबाट संकलन रकमबाट भवन निर्माण थालनी गरिने छ। स्थानीय सरकार र प्रदेश सरकारबाट भवन निर्माणका लागि सहयोग माग गरिने छ।’

आश्रम निर्माणका लागि बर्दिबास नगरपालिका-२ वुद्धचौकमा एक दर्जन स्थानीयहरूले साढे ५ कठ्ठा दान गरिसकेका छन्।  त्यो जग्गाको मूल्य १ करोड २५ परेको छ। हाम्रो माया घर बर्दिबास महोत्तरीका अध्यक्ष कृष्ण गौतमका अनुसार निर्माणस्थलको घेराबार भइसकेको छ। भवन निर्माणमा अनुमानित ११ करोड खर्च  लाग्ने उनले बताए। महायज्ञबाट डेढ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ। 

उनले भने,‘हाम्रो मायाको घर दुई वटा ब्लकमा निर्माण गर्छौं। भवनको डीपीआर तयार भइसकेको छ।’ मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा देवी थापाले हाम्रो मायाको घर निर्माणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘सडक मानव मुक्त निर्माण अभियानको दायित्व सरकारले पुरा गर्नुपर्छ।’ मानव कल्याणको पुण्यको कार्यमा सबैलाई सहभागी हुन शिक्षा राज्यमन्त्री थापाले आग्रह गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.