दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु

सउल : दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ। आरिसेल नामक कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १८ जना चिनियाँ, एक जना लाओसका छन् भने एक जनाको पहिचान भएको छैन। 

दुई जना कोरियन छन्। आगलागीमा परी ८ जना घाइते भएका छन् तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। कारखानाले लिथियम ब्याट्री उत्पादन गर्दै आएको थियो। 

कम्पनीको दोस्रो तलामा ब्याट्री जाँच र प्याकेजिङ हुँदै आएको थियो। त्यही तलाबाट आगलागी सुरु भएको हो। आगलागीको कारण नखुलेको कोरियन सञ्चारमाध्यमले जनाएका छ्न्। टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै ससाना विष्फोट भइरहेको देखिएको छ। घटनास्थल राजधानी सउलबाट ४५ किलोमिटर दक्षिणमा पर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.