तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी गर्न इन्टरपोलमा निवेदन

बेइजिङस्थित इन्टरपोलसँग समन्वय गरी उनीहरूको खोजी गर्ने प्रहरीको भनाइ

तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी गर्न इन्टरपोलमा निवेदन

गोरखा : तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ। तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका–७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केको अवस्थाका बारेमा खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार इन्टरपोलमा निवेदन निवेदन दिएको हो।

‘युवाहरूका परिवारजनले गत बिहीबार इलाका प्रहरी कार्यालय छेकम्पारमा निवेदन दिएपछि हामीलाई पनि उनीहरूको बारेमा खोज अनुसन्धान गर्न बाटो खुल्यो’, एसपी बासुदेव पाठकले भने, ‘हामीले आजै प्रदेश प्रहरी कार्यालय पोखराको अनुमतिमा इन्टरपोलमा निवेदन दिएका छौं।’ इन्टरपोलले बेइजिङस्थित इन्टरपोलसँग समन्वय गरी उनीहरूको खोजी गर्ने एसपी पाठकले बताए। यसअघि तिब्बत प्रहरीले नियन्त्रणमा लिएका दुई युवाका परिबारले छेकम्पास्थित इप्रकामा निवेदन दिएका थिए।

‘गत वैशाख १७ गते यार्सागुम्बा टिप्न भनी भाज्यूपामा भन्ने लेकमा गएको तर बेलुका नफर्केको र यत्रतत्र खोजतलास गर्दा फेला नपरिरहेका बेला गत जेठ ३ गते तिब्बतको सिगात्से प्रहरी कार्यालयबाट निवर्तमान वडाअध्यक्ष पासाङ लामालाई टेलिफोन गरी हराइरहेका दुई युवालाई स्याबाट सिगात्से प्रहरीले नियन्त्रणमा लिएको र हाल सिगात्से प्रहरीमा रहेको जानकारी दिएका रहेछन्’, कर्मा छेतेनकी पत्नी ढोकर लामाले पेश गरेको निवेदनमा भनिएको छ, ‘त्यसैले यथासीघ्र हराइरहेका व्यक्तिहरूको खोजी गरिदिनु हुन विनम्र निवेदन गर्छु।’

अहिले हराइरहेका दुई युवाको परिवारमा रुवाबासी छ। ती दुई युवालाई गत वैशाख १७ गते तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याहबाट पक्राउ गरेर सिगात्से पुर्या‍एको र गत जेठ ३ गते छेकम्पारस्थित एक स्थानीयबासीलाई टेलिफोन गरी उनीहरू आफूहरूको नियन्त्रणमा रहेको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.