सरकारलाई कांग्रेसको प्रश्न : राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्‍लाई किन जानकारी नदिएको ?

सरकारलाई कांग्रेसको प्रश्न : राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणबारे संसद्‍लाई किन जानकारी नदिएको ?
तस्बिर : रासस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ। आज प्रतिनिधि सभाको बैठकको शून्य समयमा 

कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालको बारेमा सरकारले संसदलाई जानकारी नगराएकोप्रति आपत्ति जनाएका हुन्। 

‘अहिले राष्ट्रपतिको जर्मनको भ्रमणमा हुनुहुन्छ। केहि समय अगाडि प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो। उहाँ फर्केपछि संसदको बैठक ६ पटक बसिसक्यो। तर, यी दुवै भ्रमणबारेमा औपचारिक रुपमा संसदलाई जानकारी गराइएको छैन।’ उनले भने,‘राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचय पत्र निर्माणका लागि सरकारले समन्वय गरेर घरमै पुगेर वितरण गर्नुपर्ने धारणा राखे। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.