भरुवा बन्दुकसहित युवक पक्राउ

भरुवा बन्दुकसहित युवक पक्राउ

नुवाकोट : नुवाकोटको मदानपुरबाट अवैध भरुवा बन्दुकसहित युवक पक्राउ परेका छन्। बेलकोटगढी नगरपालिका-१३ मदानपुरमा २१ वर्षीय बिकेश लामालाई अवैध भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

आफ्नै घरमा अवैध रुपमा लाइसेन्स विना घरेलु हतियार लुकाई छिपाई राखेको गोप्य जानकारीका आधारमा प्रहरी अधिकृतसहितको टोली गई उनको घरमा खानतलासी गर्दा अवैध रुपमा लुकाई छिपाई राखेको ४ फिट २ इन्च लम्बाइ भएको घरेलु हातहतियार (भरुवा बन्दुक ) एक थान र हतियारमा बारुदको रुपमा प्रयोग गर्ने सलाइका काँटीहरु र छर्राका लागि प्रयोग हुने ६९५ ग्राम किटको टुक्राहरुसमेत फेला परेकाले बरामद गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

लामालाई तत्काल पक्राउ गरी कारबाहीका लागि  शुक्रबार विदुरस्थित नुवाकोट जिल्ला अदालतमा पेश गरिएको डीएसपी भारतीको भनाई छ। नुवाकोट प्रहरीले लामालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.