राजनीतिमा 'पल्टुराम' भेट्नु स्वभाविक हो : उपेन्द्र यादव

राजनीतिमा 'पल्टुराम' भेट्नु स्वभाविक हो : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन्।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए। उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको बताए। 

अध्यक्ष यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने बताए। नेपालको इतिहासमा मधेसका शक्तिहरू तरवारको धारबाट हिंडिरहेको र यसविरुद्ध सधैं षड्यन्त्र हुँदै आएको उनले बताए। यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैर सैद्धान्तिक आधारमा फुट्नु दुर्भाग्पूर्ण घटना भएको बताए।

राजनीतिक बाटोमा हिंड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको उनको भनाइ छ। यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.