स्क्वायर सहकारीमा साढे ७ करोड रकम हिनामिना, अध्यक्ष र सचिवसहित तीन जना पक्राउ

स्क्वायर सहकारीमा साढे ७ करोड रकम हिनामिना, अध्यक्ष र सचिवसहित तीन जना पक्राउ

काठमाडौं : काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थामा करिब साढे ७ करोड रकम हिनामिना गर्ने तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वरका ६६ वर्षीय बाशु देव मान जोशी, काठमाडौं-२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र काठमाडौं-२६ नरदेवीका ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन्। जोशी अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन्। 

सहकारीका सञ्चालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भनेर प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाएका थिए। 

संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरी गरेका थिए। 

बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जनाएको छ। काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.