ई–सिगरेट प्रयोगमा निषेध !

ई–सिगरेट प्रयोगमा निषेध !
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : सरकारले युवायुवतीले उपभोग गर्दै आएको ई–सिगरेट (भेप) लाई प्रतिबन्ध (निषेध) गर्ने तयारी भएको छ। इलेक्ट्रोनिक चुरोट अर्थात् ई–सिगरेटको प्रयोगलाई भेपिङ भनिन्छ।

किशोर–किशोरी एवं युवायुवतीले बढी प्रयोग गर्दै आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य प्रबद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा भक्तबहादुर केसीका अनुसार, ई–सिगरेटको नियमनभन्दा पनि निषेध नै गर्न निर्देशन दिइएको छ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी निर्देशिका २०७१ को दफा २८ मा चुरोट, बिँडी, सिगारको खिल्ली फुटकर वा खुला बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने व्यवस्था छ। दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्टोनिक सिगरेटको उत्पादन, आयात बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रबद्र्धन र विज्ञापन गर्न नपाउने उल्लेख छ। 

यहीँ कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न भन्सार विभाग, उद्योग विभागलगायतका सरोकारवाला निकायलाई कार्यान्वयनका लागि अनुरोधपत्र पठाइसकिएको छ। कानुन कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौं,’ डा. केसी भन्छन्, ‘कार्यान्वयनको प्रक्रियामा अघि बढिसकेको छ।’

भारतलगायत ३४ मुलुकले ई–सिगरेटको प्रयोगमा निषेध (प्रतिबन्ध) लगाइसकेका छन्। तर, नेपालमा भने  पछिल्लो पाँच वर्षयता झन्डै ३६ लाख थान ई–सिगरेट भित्रिएको भन्सार विभागको तथ्यांक छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.