संगठित अपराध कसुरका फरार प्रतिवादी पक्राउ
काठमाडौं : संगठित अपराध कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ ३३ वर्षीय सन्तोष गिरी रहेका छन्।
२०८० फागुन १२ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोकमा त्यही बस्ने ३७ वर्षीय विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो।
त्यसपछि उनी फरार भएका थिए। फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।