प्रचण्ड-ओलीबीच भेटवार्ता

टिआरसी टुंग्याउन ओलीलाई फकाउने प्रचण्ड प्रयास

टिआरसी टुंग्याउन ओलीलाई फकाउने प्रचण्ड प्रयास
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको हो।

उनीहरूबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो। 'प्रधानमन्त्री र केपी शर्मा ओलीबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको हो,' बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो।

हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादीसँगको गठबन्धनलाई लिएर चर्को आलोचना भएको थियो। बैठकमै माओवादीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग संशकित बनेका छन् भने एमालेसँगको भेटघाट बाक्लो बनाएका छन्। 

'राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले नै माओवादीलाई धोका दियो। कोशीमा हाम्रा उम्मेदवार पराजित भए। तर, उल्टै हामीसँगको गठबन्धनविरुद्ध कांग्रेस नेताहरू प्रचारवाजीमा उत्रिनुभएको छ। त्यो अलिक सुहाउँदो छैन,' माओवादीका एक नेताले भने।

माओवादी-कांग्रेसबीच मनमुटाव सुरू भएपछि सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए। सभापति देउवाले महासमिति बैठकमा जे-जस्ता बहस सिर्जना भए पनि वर्तमान गठबन्धनलाई कुनै असर नगर्ने प्रष्टीकरण दिएका थिए।

प्रधानमन्त्री दाहाललाई गठबन्धनसँगै संक्रमणकालीन न्याय (टिआरसी)लाई पनि टुंगोमा पुर्‍याउनुपर्ने चुनौती छ। एमाले अध्यक्ष ओलीले पीडितमैत्री कानुन बनाएमात्रै संक्रमणकालीन न्यायलाई साथ दिने बताइरहेका छन्। 

एमालेलाई समाजवादी मोर्चामा ल्याउन केपी ओलीसँग छलफल गर्ने जिम्मा अध्यक्ष चन्दलाई दिइएको छ। अध्यक्ष चन्दले ओलीलाई औपचारिक प्रस्तावसहितको पत्र पठाउने तयारी गरेका छन्।

एमालेलाई मोर्चामा ल्याउन प्रस्ताव लैजाने तयारी 
यसैबीच शनिबार विहान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'को अध्यक्षतामा समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए।

बैठकमा समाजवादी मोर्चामा एमालेलाई समेत सहभागी गराउनेबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ। एमालेलाई समाजवादी मोर्चामा ल्याउन अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा चन्दलाई नै दिइएको स्रोतले दाबी गरेको छ। चन्दले एमाले अध्यक्ष ओलीलाई औपचारिक प्रस्तावसहितको पत्र पठाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले मोर्चा बैठकमा भएको छलफलबारे ओलीलाई सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.