नोर्बु र कुमार भारतमा निर्णायक

नोर्बु र कुमार भारतमा निर्णायक
सुन्नुहोस्

काठमाडौं : नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक नोर्बु लामा र कुमार लामा घिसिङले भारतको नोयडामा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका छन्। 

नोयडा तेक्वान्दो संघको आयोजनामा भारतको नयाँ दिल्लीमा सञ्चालन भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु र कुमारले अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका हुन्।

ग्रेटर नोयडाको सुरजपुरमा गत आइतबारदेखि तीन दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा दुई अन्तर्राष्ट्रिय रेफ्रीसँगै २० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा ११ स्वर्ण र नौ रजत पदक जितेको च्याम्पियनसिपका निर्णायक कुमार लामा घिसिङले जानकारी दिए। 

तेक्वान्दोका वरिष्ठ प्रशिक्षकसमेत रहेका नोर्बु ग्योरोगी र पुम्से विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन्। पुम्सेको उनी सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री हुन्। उनी सन् २०२० मा पुम्सेको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए।  

उनले विभिन्न मुलुकमा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाउनुका साथै विभिन्न राष्ट्रमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गर्दै आएका छन्।

यसैगरी विगत तीन दशकदेखि नेपाली खेलकुदमा सक्रिय कुमार नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक पनि हुन्। कुमारले युनाइटेड तेक्वान्दो डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेका छन्। 

उनकै पहलमा काठमाडौं अन्तर्राष्ट्रिय ग्योरोगी तथा पुम्से च्याम्पियनसिप पनि आयोजना हुँदै आएको छ। उनले २०७९ फागुनमा यूएईमा सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। उनले विभिन्न मुलुका अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीजर्जको भूमिका निर्वाह गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.