गुटगत लडाईंले कांग्रेसको मिसन पूरा हुँदैन : शेखर कोइराला

गुटगत लडाईंले कांग्रेसको मिसन पूरा हुँदैन : शेखर कोइराला
सुन्नुहोस्

परासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गुटगत लडाईले पार्टीको आगामी मिसन पूरा नहुने बताएका छन्। कांग्रेस जिल्ला समिति नवलपरासीले शुक्रबार परासीमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले केही जिल्लामा गुटगत लडाईंले पार्टी संगठन कमजोर भएको बताए।

उनले यो लडाईंले पार्टीको २०८४ को चुनाव लक्षित मिसन पूरा नहुने बताएका हुन्। ‘आगामी २०८४ को चुनाव काँग्रेस एक्लै लड्छ। त्यसका लागि पार्टीभित्रै एकताको जरुरी छ। केही जिल्लामा गुटगत लडाईंले संगठन नै कमजोर हुने देखिएको छ। सबैका केही कमी कमजोरी होलान्। त्यसलाई बसेर मिलाउन जरुरी छ,’ उनले भने।

संस्थापनइतर पक्षका नेतासमेत रहेका डा. कोइरालाले भने, ‘आफू केही जिल्लामा जाँदा अर्को पक्षले बहिष्कार गरेको देखे, आज पनि परासीमा अर्को पक्षले नजानुस् भनेर भन्दै थिए। केही साथीहरू बहिष्कार भन्दै नआएको पनि सुने। यो गलत संस्कार हो,’ उनले भने। जिल्ला समितिले आफूखुसी कार्यक्रम गरेको भन्दै देउवा पक्षीय कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल निकट कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिएनन्।

 
अहिलेका राजनीतिक दलका नेतृत्वका कारण जनतामा निराशा छाएको उनले बताए। आगामी पार्टीको नेतृत्व आफूले गर्ने संकेत गर्दै नेता कोइरालाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताए। ‘यो वा त्यो बहानामा महाधिवेशनको मिति सार्न पाइँदैन। पार्टीको मिसन पूरा गर्न पनि नेतृत्व परिवर्तन हुने र त्यही नेतृत्वले मिसन पूरा गर्छ। त्यसका लागि सबै साथीहरूले सहयोग गर्नुहुने छ,' उनले भने।
 
पार्टी जिल्ला सभापति अर्जुन कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, लुम्बिनी प्रदेश सदस्य भीमबहादुर थापालगायतका नेताले पार्टी संगठनका बारेमा प्रकाश पारेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.