भूकम्प पीडितका लागि भारत सरकारद्वारा चौथो चरणको राहत हस्तान्तरण

भूकम्प पीडितका लागि भारत सरकारद्वारा चौथो चरणको राहत हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : भारत सरकारले भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। भारतले अत्यावश्यक चिकित्सा सामग्रीसहित राहत नेपाल सरकारलाई हस्तान्तरण गरेको भारतीय दूतवासले जानकारी दिएको छ। 

नेपाल चिकित्सक संघको मागअनुसार भारतले अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरेको हो। कात्ति १७ गते गएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि भारतले हालसम्म ३४ टनभन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिवद्धतालाई भारतले पूरा गरेको दूतावासले जनाएको छ। नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा थप राहत सामग्री सहयोग गर्ने दूतावासको भनाइ छ। 

null 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.