‘विपिन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन’

‘विपिन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन’

दक्षिणी ईजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्।

काठमाडौं : विद्रोही हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ। तर जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूतावास गत असोज २० गते दक्षिण इजरायलको किबुज-अलुमिममा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्ये जोशी पनि रहेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै दूतावासले उल्लेख गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। 

दूतावासबाट सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्। तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.