हिमालयन रिको आईपीओ भोलिदेखि

हिमालयन रिको आईपीओ भोलिदेखि

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर ४ देखि आवेदन दिन पाइने भएको छ। कात्तिक २१ गतेदेखि आवेदन खुला हुने भनिएको आईपीओ मंसिर ४ गतेसम्मका लागि धकेलिएको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला हुने भनिएकामा कम्पनीले तिहार बिदा परेको कारण देखाइ आवेदन अवधि पछि सारेको थियो।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ। पहिलो चरण अब मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा जानेले आईपीओ भर्न पाउनेछन्।

हिमालयन रिको आईपीको प्रतिकित्ता १ सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा निष्काशन हुँदैन। कम्पनीको आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन रिको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ। हिमालयन रिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.