महिला टि-२० आई सिरिजमा नेपाल तेस्रो, जापान ४५ रनले पराजित

महिला टि-२० आई सिरिजमा नेपाल तेस्रो, जापान ४५ रनले पराजित

काठमाडौं : तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई पराजित गर्दै नेपाल ४५ रनले विजयी भएको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा आइतबार बिहान निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको थियो।

जितका लागि लक्ष्य पछ्याउने क्रममा जापानले निर्धारित  २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो। जापानका लागि आकारी निशिमुराले सर्वाधिक २९ रन र हिनासे गोटोले १६ रन, अहिल्या चन्देलले ११ रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि रुविना क्षेत्री, संगिता राईले, सीता रानामगरले, सोनी पाख्रिनले र खुसी डंगोलले समान १ /१ विकेट लिइन्। 

यस अगाडि टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले ५१ बलमा सर्वाधिक ४३ रन बनाइन्। त्यसैगरी रोमा थापाले २२ रन, पूर्वकप्तान रुविना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन, सीता रानामगरले ५ रन, काजल श्रेष्ठले ३ रन र अस्मिना कर्मचार्यले २ रनको योगदान गरिन्।

शनिबारको खेलमा पनि नेपालसँग जापान ६७ रनले पराजित भएको थियो। ११४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित ओभरमा ४६ रन बनाउँदै अल आउट भएको थियो। चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल र जापान उपाधि भिडन्तबाट बाहिरिसकेका हुन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो। महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.