प्रकृति प्रेमको पर्व

तराई-मधेशको जिल्लाहरुमा छठको तयारी (फोटो फिचर)

तराई-मधेशको जिल्लाहरुमा छठको तयारी (फोटो फिचर)
छठका लागि महोत्तरीको गौशालास्थित बजारमा ढकिया, सुप्पा, कनसुप्ति, माटोको भाँडो किन्दै महिला। तस्बिर : गोबिन्द महतो
सुन्नुहोस्

मधेशी समुदायका बीचमा मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदायमा समेत लोकप्रिय हुँदै गएको छ।

जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधामसहित तराई-मधेशको जिल्लाहरुमा  सुरु भएको छ। तराई-मधेशको मुख्य पर्वहरुमध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छठको तयारी सुरु भएको हो।  null

नियम निष्ठा र विधि विधान पूर्वक मनाइने साझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण बजारमा व्यस्त देखिन्छन्।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुनेछ। छठ पर्व ब्रत अवधि भरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यवस्तुहरु अनिवार्य रुपमा बार्ने प्रचलन रहेको पूर्व प्राज्ञ तथा संस्कृतिविद् रामभरोष कापडि ‘भ्रमर’बताउँछन्।

‘छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको छ। यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्व भन्दा फरक बनाएको हो’ संस्कृतिविद् रामभरोस कापडिले कापडिले भने।

मधेशी समुदायका बीचमा मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदायमा समेत लोकप्रिय हुँदै गएको छ। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासंगै अन्य समुदायका महिलाहरु समेत छठ पर्व मनाउन थालेको बर्दिबासकी रिता लामा बताउँछिन्।  

छठका लागि जनकपुरधामस्थित पेठिया बजारमा ढकिया, सुप्पा, कनसुप्ति, माटोको भाँडो बेच्न राखिएको छ।  

मुख्यतः सन्तान प्राप्ति, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाईने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मिकी सर, दशरथ तलाउँ लगायतका दर्जनौ पोखरी र सरोवरहरुलाई विभिन्न संघ सस्ंथा र युवा क्लबहरुले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन थालेको महाबीर युवा कमिटीका सदस्य गोविन्द भगतले बताए।null

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’भनिन्छ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ।nullnullnullतस्बिर : गोविन्द महतो
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.