कास्की र नवलपुर भिड्ने
बागलुङ : बागलुङमा जारी ‘बागलुङ कप’ टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन्।
शुक्रबार भएको सेमिफाइनलमा कास्कीले स्याङ्जालाई ६ विकेटले हराउँदा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्यो। शुक्रबार भएको पहिलो सेमिफाइनलमा ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। कास्कीलाई फाइनलमा पुर्याउन विपिन खत्रीले कप्तानी पालि खेलेका थिए।
उनले १८ बलमा २५ रन बनाए। यस्तै किरण पौडेलले १५, अभिषेक थापाले अविजित १२ र सुवास भण्डारीले ११ रन बनाए। स्याङ्जाका सन्दीप खत्रीले दुई तथा अंकित न्यौपाने, आश्विनी राना र विपिनराज न्यौपानेले एक-एक विकेट लिए।