मुगु सामूहिक हत्या प्रकरण
भीसा नपठाएको झोंकमा आफ्नैले गरेका थिए श्रीदेवी र उनका तीन सन्तानको हत्या
मुगु : छाँयानाथ रारा नागरपालिका-६ मुन्दु गाँउमा भएको सामूहिक हत्यामा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरेको छ। उनीहरूले ब्यक्तिगत रिसइबी र सुन लुट्ने योजनासहित हत्या गर्ने जेठ महिनामा योजना बनाएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ।
गत कात्तिक ८ गते मुन्दु गाँउकी श्रीदेबीसहित उनका तीन जना सन्तानको हत्या गरिएको थियो। हत्यामा संलग्न सोही नगरपालिका-६ का ३१ वर्षीय गोपाल बोहोरा सोही नगरपालिका-७ का ३१ वर्षीय काले भन्ने गोर्खबहादुर शाहीले हत्या गरी नगद र सुन लुट्ने योजना बनाएको प्रहरीले बताएको हो।
मुख्य योजनाकार हत्यामा संलग्न गोपल बोहोरा वैदेशिक रोजगारीका लागि कतारमा गएकोमा राम्रो काम नपाई दुई वर्ष बसेर नेपाल फर्किएका थिए। श्रीदेबीका श्रीमान दीपकले कतारमा राम्रो कमाई गरेको थाहा पाएपछि आफूलाई सोही कम्पनीको भिसा पठाइदिन दीपकसँग आग्रह गरेका थिए। दीकपले गोपालको आग्रहलाई इन्कार गरेकाले दुई वर्षदेखि रिसइबी लिँदै आएका थिए। उनले दीपकको परिवार नै सखाप पार्ने योजनाअनुसार बाँकेका गोर्खबहादुरसँग मिलेर हत्या गरेको प्रहरीको भनाइ छ। उनीहरूले श्रीदेबीसहित सबै सन्तानलाई हत्या गरी १०-१२ तोला सुन र नगद लटपाट गर्ने योजना बनाइएको नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख भीमप्रसाद ढकालले बताए।
गोपालले बनाएको योजनाअनुसार गोर्खबहादुर कात्तिक ५ गते सुर्खेतबाट सडक यातायात हुँदै ६ गते मुन्दु गाँउमा रहेको गापालको घरमा पुगेका थिए। उनी गोपालको घरको भुइँतलामा रहेको खरायोको खोर भएको कोठामा लुकीछिपी बसेको थिए। ७ गते दिनभरि मुन्दुस्थित एक खोलामा लुकीछिपी बसेका थिए। कात्ति ८ गते राति ९ बजे गोपाल र गोर्ख श्रीदेबीलाई घर बाहिर बोलाई ढोका खोल्न लगाएका थिए। श्रीदेबीले ढोका खोलेपछि दुबै जना घरभित्र छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। हत्यापश्चात मृतक श्रीदेबीले प्रयोग गर्ने ओप्पोको मोबाइल, कानमा लागएको सुनको २.५ तोला रिङ र २५ लालको घाँटीमा लगाएको तिलहरी लुटेर लगेका थिए।
हत्यापश्चात गोर्खबहादुर घटनास्थालबाट मुगु र जुम्लाको सीमाना बुलबुलेसम्म पैदल गई त्यहाँबाट बस चढेरर कात्तिक ९ गते सुर्खेत पुगेका थिए। मृतक श्रीदेबीले प्रयोग गरेको मोबाइलको सीम फालेर शाहीले आफ्नो सीम हाली प्रयोग गरेको पाइएको र कात्तिक २३ गते नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकादोस्थित विक्रम शाहीको घरबाट पक्राउ परेका थिए। उनीसँगै रहेको नगद १ लाख ७९ हजार, नागरिता, राहादानी र बसको टिकटसहित दुई थान मोबाइल प्रहरीले बरामद गरेको थियो।
हत्यामा संलग्न गोपाल बोहोरा मृतक श्रीदेबीका आफ्नै मामाको छोरा हुन् भने गोर्खबहादुर श्रीदेबीका कान्छी आमाको लोग्ने हुन्। प्रहरीले दिएको जानकारीअनुसार गोपालले आफूलाई श्रीदेबीको श्रीमानले भिसा पठाउन अस्वीकार गरेको झोँकमा दुई वर्ष अगाडिदेखि हत्या योजना बनाई बेला-बेला हत्या गर्ने प्रयास गरेका थिए।
उनले एक्लै हत्या गर्न नसक्ने देखेपछि फुपाजु गोर्खलाई जेठ महिनामा भेट गरी हत्या गर्ने योजना बनाएका थिए। घट्नाको अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, कर्णाली प्रदेश हालः नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश केनाईन शाखाबाट खटिएका प्रहरी अधिकृतसहितको टोली घट्ना अनुसन्धान गरी हत्यामा संलग्न ब्यत्तिलाई १५ दिनपछि सार्वजनिक गरेको हो।