प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब जाजरकोटका भूकम्पपीडितलाई दिने (भिडियो)
कात्तिक २३, २०८० बिहीबार १४:५३:५८
काठमाडौं : भूकम्पपीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित संघीय मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिनाको तबल दिने निर्णय गरेको हो।