बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित

बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको सोमबार बसेको बैठकले दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ।

बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए। 

बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका जेष्ठ सदस्य यांकिला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेकी थिइन्। 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.