इजराइलमा आक्रमणपछि एयर इण्डियाले एक साताका लागि रद्ध गर्यो तेल अवीवको उडान
एजेन्सी : भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले इजरायलको सहर तेल अवीवमा एक साताका लागि आफ्ना सबै उडान रद्ध गर्ने निर्णय गरेको छ।
इजरायल सरकार र हमासबीच आक्रमण सुरू भएपछि सुरक्षाको कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार एयरलाइन्सका एक प्रवक्ताका अनुसार यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै तेल अवीवका लागि सबै उडान अक्टोबर १४ सम्मका लागि रद्ध गरिएको हो।
कम्पनीले यस अवघिमा टिकट बुक गरिसकेका यात्रुहरूलाई सहयोग उपलब्ध गराउने जनाएको छ।
इजरायल र हमासबीचको आक्रमणबाट हालसम्म ६०० जनाले ज्यान गुमाइसकेका छन् भने करिब ३ हजार बढी घाइते भएको जनाइएको छ।