तीनजना नेपाली घाइते, १२ सम्पर्कविहीन

इजरायलमा रहेका नेपालीलाई सहयोग,समन्वय र सहजीकरण गर्न सरकार पूर्ण प्रतिवद्ध  : परराष्ट्रमन्त्री

इजरायलमा रहेका नेपालीलाई सहयोग,समन्वय र सहजीकरण गर्न सरकार पूर्ण प्रतिवद्ध  : परराष्ट्रमन्त्री

काठमाडौं :  परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूलाई सहयोग, समन्वय र सहजीकरणका लागि सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाका बारेमा संसदमा जानकारी गराउने क्रममा परराष्ट्रमन्त्री साउदले  इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल हुने भन्दै त्यहाँ रहेका नेपालीलाई आवश्यक सहयोग र उद्दार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

मन्त्री साउदले त्यहाँ रहेका नेपालीको सुरक्षा, उद्दार र सहयोगका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको जानकारी दिए।

'त्यहाँ वास्तविक नेपालीहरूको पहिचान गर्न,नेपालीहरूलाई सुरक्षित राख्न,उद्दार तथा सहयोगका लागि इजरायल सरकारसँग आवश्यक समन्वयन र सहजीकरणको कार्य भइरहेको छ,'उनले भने,' नेपाल सरकार  इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग समन्वय  र सहजीकरण गर्न पूर्ण प्रतिवद्ध रहेको छ।'

यस सम्बन्धमा थप जानकारी प्राप्त पछि सोको जानकारी गराइने उनले बताए। नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन्। दूतावासका अनुसार  २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।

कृषि विश्वविद्यालयबाट ११९,त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट  ४९ जना विद्यार्थीहरू गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्लायबाट गएका १७ विद्यार्थीहरू दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययरत थिए। 

नेपाली दूतावासका अनुसार आक्रमणमा परी ३ नेपाली  घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको  र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजराइलका विभिन्न सहरमा आक्रमण गरिहरका छन्।  आक्रमणबाट ३ हजार बढी मानिस घाइते भएको र करिब ५ जनाको मृत्यु भएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.