राष्ट्रपति किन पर्छन् विवादमा ?

राष्ट्रपति किन पर्छन् विवादमा ?
सुन्नुहोस्

नेपालको संविधानले राष्ट्रपतिलाई मुलुकको राष्ट्राध्यक्षको रूपमा लिएको छ। २०७२ सालयता संख्याका हिसाबमा तीन जना राष्ट्रपतिको भूमिका हेरिसकिएको छ। पहिलो राष्ट्रपति डा. रामवरण यादव तुलनात्मक रूपमा कम विषयमा मात्र विवादित हुनु पर्‍यो। पहिलोभन्दा दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी बढी विवादित बनेको देखियो। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल त शपथग्रहण गरेलगत्तै विवादित बन्न थालेको अवस्था छ। राष्ट्रपतिहरू विवादित हुनुमा सरकार (मन्त्रिपरिषद्) र विभिन्न राजनीतिक दलहरू नै बढी जिम्मेवार छन्।

 १.    संविधानको पालन र संरक्षण गर्नु राष्ट्रप्रतिको प्रमुख कर्तव्य भएको संविधानमै उल्लेख छ। विडम्बना मान्नुपर्छ, राष्ट्रपतिले संविधानको संरक्षण गर्न नसकेको कारणबाट राष्ट्रपति संस्थाको गरिमा घटेको छ। 

२.    राष्ट्रपतिले संविधानको संरक्षण गर्न नसकेको तथ्य सर्वोच्च अदालतबाट भएको फैसलाबाट प्रमाणित भएको छ। संविधानको संरक्षक त राष्ट्रपतिभन्दा पनि सर्वोच्च अदालत पो रहेछ भन्ने देखियो। 

३.     राष्ट्रपतिहरू कुनै अमुक दलप्रति विशेष लगाव राख्नाले नै विवादित हुनु परेको हो। मुलुकको राष्ट्राध्यक्षको रूपमा तटस्थ भूमिका निर्वाह गरे विवादित हुनु पर्दैन।

४.    राष्ट्रपतिलाई विवादमा ल्याउने काम प्रायः सरकार (मन्त्रिपरिषद्)ले गर्छ। तीनवटै राष्ट्रपतिहरूलाई विवादमा तान्ने काम सरकारबाटै भएको जगजाहेर छ। 

५.    मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयन गराउन राष्ट्रपतिलाई बाध्य पारिनु हुँदैन। राष्ट्रपतिलाई गैरसंवैधानिक कार्य गराउन सत्ताधारी दलले जोडबल गर्नु हुँदैन। राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने सोचको विकास पनि हुन सकेको छैन। पर्याप्त बहस पनि हुन सकेको छैन। 

(अर्याल, वरिष्ठ अधिवक्ता हुन् ) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.