काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारी

काठमाडौं : संघीय निजामती विधेयकमा आपत्ति जनाउँदै स्थानीय तहका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले विगत चार दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, देशभरि सरूवा हुन पाउनुपर्ने लगायत माग राखेर उनीहरू सरकारविरुद्ध आन्दोलन थालेका हुन्। बुधबार उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
३
