बजेट कार्यान्वयनको अवस्थाबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : डा. स्वर्णिम वाग्ले

बजेट कार्यान्वयनको अवस्थाबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : डा. स्वर्णिम वाग्ले
सुन्नुहोस्

काठमाडौं : सांसदहरूले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरेपनि अवस्थामा सुधार भएको नदेखिएकाले अर्थतन्त्रका अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा सांसद बिष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा खुल्ला बहस गर्नुपर्ने बेला आएको बताए। अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय निकाल्ने गरी छलफल चलाउनुपर्ने उनको भनाइ छ। अर्थतन्त्र मन्दीको अवस्थालाई सरकारले स्वीकार गर्नुपर्ने उनले बताए। पौडेलले अर्थतन्त्रको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाए।

त्यस्तै सांसद डा. स्वर्णिम वाग्लेले बजेटको कार्यान्वयनको अवस्थामा बारेमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए। अर्थतन्त्रका सूचकलाई सुक्ष्म ढंगले हेरेर यसको अवस्थाको मूल्यांकन गर्नुपर्ने उनले जोड दिए। त्यस्तै सांसद ज्ञानेन्द्र शाहीले भन्सारमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए। उनले अहिलेको अवस्थामा निर्यात बढाएर अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने देखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.