उद्योगीले ट्रंक लाइन बक्यौता नतिर्ने

उद्योगीले ट्रंक लाइन बक्यौता नतिर्ने
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बुटवल : नेपाल विद्युत् प्राधिकरणले बुटवल—भैरहवा औद्योगिक करिडोरमा सञ्चालित उद्योगका ट्रंक लाइनको भुक्तानी गर्न ताकेता गरे पनि उद्योगीहरूले भने नतिर्ने जनाएका छन्। उद्योगीलाई प्राधिकरणले कारबाही गर्ने भन्दै आतंकित गराएको भन्दै रूपन्देही उद्योग संघले आपत्ति जनाएको छ।

संघले आइतबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत् प्राधिकरणको भैरहवा वितरण केन्द्र, नया“ मिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले बक्यौता महसुल बुझाउन भन्दै उद्योगीलाई धम्कीपूर्ण पत्र काटेको जनाएको छ। संघका अध्यक्ष माधव पौडेलले बक्यौता रकम तथा सो उपरको जरिबाना असोज मसान्तसम्म नबुझाएमा नियमानुसार कारबाही हुने पत्र काटेर उद्योगीलाई आतंकित बनाएको जनाए। उद्योगीका अनुसार, बुटवल–भैरहवा 

औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगले ३३ केभी औद्योगिक विद्युत् प्रसारण लाइनको विद्युत् उद्योग व्यवसाय सञ्चालन गर्दै बिलको महसुल भुक्तानी गर्दै आएको बताएका छन्। तर, प्राधिकरणले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंक लाइन खपत गरेको भनी सो अवधिको बिल दरमा ६६.६७ प्रतिशत वृद्धि गरी महसुल भुक्तानी गर्न पत्र काटेको थियो। प्राधिकरणको यो निर्णयपछि उद्योगी र प्राधिकरणबीच निरन्तर विवाद हुँदै आएको छ।

ट्रंक लाइनले व्यवसायीलाई अन्याय गरेको उद्योग संघ जनाएको छ। सरकारले २०७७ साउन १९ गते विद्युत् नियमन आयोगलाई यस विवादको निरूपणका लागि निर्देशन दिइसकेको छ।  आयोगबाट यो विवाद निरूपणका बारेमा विचाराधीन रहेका बेला प्राधिकरणले पत्र काटेर तर्साएको   संघका पूर्वअध्यक्ष बाबुराम बोहराले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.