सुनको मूल्य एकैदिन १३ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्नेक्रम जारी छ। तोलामा १३ सय रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको हो।
सोमबार प्रतितोला सुन १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै यसदिन तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदीको मूल्य १३ सय १० रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा असोज ८ गतेदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
६
