
काठमाडौं : भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ। चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट हात पारे।
नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भएका थिए। उनले ४९ बलमा उनले ७ छक्का र ८ चौका प्रहार गरेका थिए।
त्यस्तै रिङ्कु सिंहले १५ बलमा अविजित ३७ रन बनाए। अन्तिम ओभरमा उनले विस्फोटक ब्याटिङ गरेका थिए। रितुराज गैकवार्ड र शिवम दुबेले २५-२५ रन बनाए भने तिलक बर्मा २ र जितेश शर्मा ५ रनमा पेभेलियन फर्किए।
प्रतिक्रिया दिनुहोस !
