एसियाड क्रिकेट : नेपालको प्लेइङ ११ मा एक खेलाडी परिवर्तन

एसियाड क्रिकेट : नेपालको प्लेइङ ११ मा एक खेलाडी परिवर्तन

काठमाडौं : चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा भारतले ब्याटिङ गर्ने भएको छ। नेपालले टस हारेपछि पहिला फिल्डिङ गर्न लागेको हो। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले करण केसी प्लेइङ ११ मा ल्याएको छ भने विनोद भण्डारी बेन्चमा बसेका छन् ।क्वार्टरफाइनलको लक्की ड्रबाट नेपाल भारतसँग परेको हो।

आजको भारतलाई जितेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ। नेपालले एसिया कपमा पनि भारतसँग खेलेको थियो। भारत विश्वकपको तयारीमा रहेकाले एसियाली खेलकुदमा दोस्रो श्रेणीको युवा टीमलाई पठाएको छ। भारत सिधैं क्वाटरफाइनल खेलेको हो ।

समूह चरणको खेलमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित र माल्दिभ्सविरुद्ध १३८ रनको शानदार जित निकालेको थियो। 

नेपालको प्लेइङ-११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, र अभिनाश बोहरा।

भारतको प्लेइङ - ११ :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.