बसन्तपुरमा कुमारीको सामूहिक पूजा

बसन्तपुरमा कुमारीको सामूहिक पूजा
सामूहिक पूजामा सहभागी बालिकाहरू। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : काठमाडौंको सबैभन्दा ठूलो धार्मिक चाड इन्द्रजात्राको अवसरमा बुधबार बसन्तपुर दरबार  क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।

पूजामा ५०४ कुमारी देवीहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष  इन्द्रजात्राको अवसरमा ‘कुमारी पूजा सेवा समिति भक्तजन परिवार’ले कुमारी पूजाको आयोजना गर्दै आएको छ ।  

nullमहिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो। पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको थियो। बेल विवाह नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बाल कुमारी पूजामा सहभागी भएका हुन्।

कुमारी पूजा गर्दा उनीहरू स्वस्थ्य र सुरक्षित हुने विश्वास छ।

null

भक्तजनले इच्छा अनुसार कुमारीहरुलाई नगद, फलफूल, कपडालगायत सामग्री प्रदान गरे । नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले रोगबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ। प्रत्येक वर्ष इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।

nullnullnullnullnullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.