ट्रेड युनियनले दिएको सुझावसहित संघीय निजामती ऐन जारी गर्न माग

ट्रेड युनियनले दिएको सुझावसहित संघीय निजामती ऐन जारी गर्न माग

काठमाडौं : नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियनले दिएका सुझावलाई समावेश गरी तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेको छ । संगठनको चौथौ बैठक तथा सहकारी सम्बन्धी कार्यशाला गोष्ठीको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी संठनले ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको हो ।

संगठनले उक्त विधेयकमा कर्मचारीसँग सरकारले आवश्यक छलफल र परामर्श नगरेको अरोप लगाएको छ ।  त्यस्तै संगठनले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामति सेवामा समावेश गर्न,‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ को अवधारणा कार्यान्वयन गर्न,अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न,उमेर हद ६० वर्ष कायम गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले बैठकमार्फत् सेवाग्राही जनताका लागि संगठनले प्रतिवद्धताका साथका आवश्यक निर्णय गरिएको बताए । उनले संगठन सुदृढिकरण अभियानको प्रारम्भ गरेको,संगठनमा एकता एकीकरणमा जोड दिएको जिकिर गरे।

उनले राष्ट्रसेवक कर्मचारीको सहकारी सहकारीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने संकल्प गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.