ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता

काठमाडौं : अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरू भएको छ। वार्तामा महानगरपालिकाका मेयर बालेन्द्र शाह र ईः अर्थात् इशान अधिकारी सहभागी छैनन्।
ईःको तर्फबाट गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् भने महानगरबाट प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा चीनकाजी महर्जन, बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन्।
फुटपाथ व्यवसायीहरूलाई विकल्पबिनै विस्थापित गरिएको भन्दै ईःले महानगरविरुद्ध विगत ८ दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन्। ईःलाई विभिन्न राजनीतिक दल र सामाजिक अभियन्ताहरूले साथ दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
६
