कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍यो ९ बुँदे निर्णय, महँगी र कालोबजारी रोक्न माग

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍यो ९ बुँदे निर्णय, महँगी र कालोबजारी रोक्न माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्य बनाउन तीन वटा समिति गठन गर्ने निर्णय भएको बताए।

उनका अनुसार सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्व प्रस्ताव तयारी समिति र महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा संगठन प्रतिवेदन तयारी समिति, महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसमायिक राजनीतिक तयारी समिति गठन गर्ने निर्णय भएको हो। बैठकका सम्बन्धमा आवश्यक समिति थपिँदै जाने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

त्यस्तै कांग्रेसले हालै सम्पन्न गरेको बीपी साहित्य महोत्सवलगायत कार्यक्रमबारे समीक्षात्मक निर्णय भएको उनले बताए। दसैंको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारको ध्यानार्षण गराउने निर्णयसमेत भएको उनले बताए। आर्थिक मन्दीका बेला तीन तहकै सरकारलाई मितव्ययिता अपनाउन कांग्रेसले सुझाव दिएको छ।

त्यस्तै संविधान जारी भएको ८ वर्षमा पनि आवश्यक कानुन बन्न नसकेको भन्दै त्यस्ता कानुन छिट्टै निर्माण गर्न सरकारको ध्यानार्षण गराइएको छ। त्यस्तै सहमहामन्त्री महेन्द्र यादवमाथि संघातिक हमलाले सरकारलाई जिस्काएको भन्दै जनतालाई सुरक्षाको अनुभूति गराउन सरकारसँग माग गरिएको छ। त्यस्तै लम्पी स्किनलगायत पीडित किसानले पाउने राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.