पोल्याण्ड पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका -६ घर भइ हाल काठमाडौं महानगरपालिका -३ बसुन्धारा बस्ने ४२ वर्षीय राप्ति मेनपावरका सञ्चालक रविन्द्र अधिकारी हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पोल्याण्ड पठाइदिने भन्दै पीडित प्रेम तामाङसमेत ४ जनाबाट २७ लाख २५ हजार रुपैयाँ लिइ फरार रहेका अधिकारीलाई आज बसुन्धाराबाट नियन्त्रणमा लिएको बताए।
अधिकारीले पोल्याण्डमा फुड प्याकिङमा काम लगाइदिने र महिनाको एक लाख बढी तलब हुने प्रलोभनमा पारी पीडितबाट २७ लाख २५ हजार रुपैयाँ उठाइ फरार रहेको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान र कारबाही गर्न वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
६
