सेयर बजार ओरालोतिर, १ अर्ब ५६ करोड मात्रै कारोबार
काठमाडौं : नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा पुगेको हो। नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
आज २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।
आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माइ खोला हाइड्रोपावर,एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड र एनआईसी एसिया बैंकको ४ करोड बढी मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये २ बाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर र म्युचुअल फण्डको सेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।