असम्बन्धित छलफलमा बोलाएको भन्दै पोखे आक्रोश

साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर : गृहमन्त्री

साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

बहुजातीय, बहुसांस्कृतिक,बहुधार्मिक मुलुकमा त्यसमा आँच पुराउने काम भइरहको भन्दै उनले यस विषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताए ।

त्यस्तै उनले सुन तस्करी लगायतका भ्रष्टाचारका प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे।

त्यसअघि बैठकमा समिति सदस्यहरूले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यनाकर्षण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.